राजनीति

संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिए राप्रपा र रास्वपाका सांसदहरू

संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिए राप्रपा र रास्वपाका सांसदहरू

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्‌मा विरोध गर्दै आएको छ ।

आजको बैठकमा बोल्दै रास्वपा सांसद असिम साहले भिजिट भिसा प्रकरणको फाइल बारे प्रश्न राखेका छन् । उनले भ्रष्टाचारको अडियो बाहिरिएको र घुस मागेको प्रमाण आउँदा पनि राजीनामा दिएपछि सबै पखालिएको हो रु भन्दै प्रश्न गरे ।

‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई किन अदृश्य शक्तिको शक्ति दिइरहेको छ रु,’ उनले प्रश्न गरे ।

राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसाको मात्रै समस्या नभई नियतको भएको बताए । ‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेसन पनि जोडियो । जब कुनै ठाउँमा कमीकमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ,’ उनले भनेका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *