काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री मुस्लिमतर्फ मो. फिरदोष आलम निर्वाचित भएका छन्। एक पदका लागि भएको निर्वाचनमा ३ जना उम्मेदवार थिए।
आलम ३३४७ मतसहित सहमहामन्त्री निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अर्का उम्मेदवार अब्दुल सत्तारले २७२७ मत मात्रै ल्याए भने अर्का उम्मेदवार अतहर कमाल मुसलमानले ५५७ मत ल्याएका छन्।
सहमहामन्त्री जितेका फिरदोष प्रतिनिधि सभा सांसद पनि हुन्। गत फागुनमा भएको निर्वाचनमा उनी रौतहट २ बाट निर्वाचित भएका थिए।
