समाज

नेता तीर्थराम डङ्गोलको निधनले मुलुकलाई अपूरणीय क्षति : देउवा

नेता तीर्थराम डङ्गोलको निधनले मुलुकलाई अपूरणीय क्षति : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तीर्थराम डङ्गोलको निधनले पार्टी र मुलुक दुबैलाई अपूरणीय क्षति भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिद्वारा आयोजित १३औं पुण्यतिथि कार्यक्रममा बोल्दै देउवाले डङ्गोलको सादगी, कर्मठता र लोकतान्त्रिक आन्दोलनमा योगदानको उच्च प्रशंसा गरे ।

उनले डङ्गोलको जीवन, त्याग र योगदान समेटेर एक सान्दर्भिक कृति प्रकाशन गर्नुपर्ने सुझाव पनि दिए । “उहाँको विचार र आदर्श आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाऔं,“ देउवाले भने ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *