मुख्य समाचार

सांसद अमरेशको अभिव्यक्तिमा संसद्‍मा लफडा

सांसद अमरेशको अभिव्यक्तिमा संसद्‍मा लफडा

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ । 

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए । 

सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । 

बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाइ प्रश्न गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *