समाज

राजाहरुले देश कंगाल बनाएः प्रधानमन्त्री ओली

राजाहरुले देश कंगाल बनाएः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाउनुभएको छ । 

शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्धन गोष्ठीलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले  पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताए । देश कंगाल बनाउने काम राजाहरुले नै  गरेको ओलीको आरोप छ ।

अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको भन्दै प्रधानमन्त्री ओलीले  देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने उल्लेख गरे  । प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता अहिलेको पुस्ता भएको भन्दै उनीहरुले  शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्ने बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *