समाज

कोशी प्रदेशसभा : आजदेखि बजेट अधिवेशन शुरु

कोशी प्रदेशसभा : आजदेखि बजेट अधिवेशन शुरु

विराटनगर । कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । 

कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि शुरु हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल रहेन र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय भएको छ । 

यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । 

रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *