समाज

कोरिया जान १ लाख ३ हजार आवेदन

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन परेको छ । 

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग एचआरडीले इपिएस अन्तर्गत सन् २०२५ मा कोरिया जानेका लागि पाँच हजार तीन सय जनाका लागि आवेदन माग गरेकोमा त्यो सङ्ख्यामा आवेदन परेको हो । 

इपिएस शाखाले कोरिया भाषा परीक्षाका लागि गएको साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको थियो । ईपीएस शाखाले आवेदन खुलाउने बेलामा पाँच हजार तीन सय कोटाका लागि आवेदन माग गरेको थियो । 

जसमध्ये उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय जना मागेको थियो । तर, शाखाले ५ हजार तीन सय कोटाको लागि माग गरे पनि आवेदन दिनेको संख्या एक लाख तीन हजार पुगेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *