Siddarth bankविज्ञापन
समाज

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । 

बजारको अभावले किसानहरु मर्कामा परेका छन् । पर्वतको बनौ, म्याग्दीको शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबरे खुुर्सानीको व्यवसायिक खेती गरिएको छ । स्थानीय बजार सानो हुँदा र धेरै खपत हुने ठूला शहरका ब्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको हो । 

यस क्षेत्रमा यसअघि व्यवसायिक अकबरे खुुर्सानी खेती गरिएको थिएन । बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पुर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्दछ । लागत महँगो परेर आयातित खुुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्दा पनि किसानलाई समस्या परेको छ । 

स्थानीय किसानहरुले रासायनिक मल र बिषादीको विकल्पमा जैविक बिधीबाट खुुर्सानी खेती गर्ने गरेका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *