काठमाडौं । अनुभव,ज्ञान र सिपले मान्छेको चिनारी सार्वजनिक हुन्छ । प्रज्वल चापागाईं पढेलेखेका ज्ञानी हुन उनले आफ्नो ज्ञान शिक्षकको आवरणमा बाँडेकै थिए । आफ्नो अनुभव र ज्ञानलाई चापागाईंले पुस्तकाकार गरेर फैलाउन गरेको प्रयास अग्रजहरूले अनुमोद गरिदिएका छन् ।
हेर्दाहेर्दै पुस्तक सार्वजनिक भयो र प्रा.डा. रमेश ढुङ्गेल,अग्रज पत्रकार पुरूसोत्तम दाहाल,कवि श्यामल,पत्रकार शिव गाउँले लगायतको हातमा परेको पुस्तक उहाँहरूकै पेटबोलीमा उज्वलको पठनिय प्रयास हो।
राजनीतिको चुस्कि लिएका चापागाईंले आफ्नो पुस्तकमा ईतिहास समेटने प्रयास गरेका छन् । पुस्तकले अनुभवको तरेलीलाई जिवन्त राख्न सहयोग गर्दछ । नीति निर्माणको एक्सरेमा भूगोल समेटने प्रयास चापागाईंको पुस्तकले पस्कने सन्देश हो । अनुभवको विविधतामा सजिएको हेर्दाहेर्दैू पुस्तक पलाएन मानसिकताको लागि काँडेतार बन्नसके पुस्तकको उपयोगिता अझ बढी प्रभावकारी हुन सक्दछ।
प्राज्ञहरूको चौतारोमा प्राज्ञहरूकै हातबाट बिमोचित पुस्तक नवपुस्ताको खुराक बन्नसकोस उपस्थित मान्यवरहरूको यहि चाहना झल्किन्थ्यो बिमोचन समारोहमा।सहकर्मीको नाताले हामी पनि भन्दछौ उज्वल चापागाईंको पुस्तक, प्राकाशनका लागि मात्र प्रकाशित हुने पुस्तकको चाङमा थपिएको एउटा नयाँ पुस्तक नबनोस।
