काठमाडौ । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनस्थलवाट सुरक्षाकर्मीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ। राजसंस्था पक्षधरको आन्दोलन आइतबार चौथो दिन नारायणचौरमा चलिरहेको थियो।
उनलाई नेपाल प्रहरीले जबर्जस्ती भ्यानमा कोचेको थियो। कमल थापासहित राजसंस्था पक्षधर नेताहरूले आइतबार प्रदर्शनको नेतृत्व गरेका थिए।