काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मंगलबार लालपूर्जा वितरण शुुरु गरेका हुन । वितरण कार्यक्रममा मन्त्री अधिकारी र नापी विभागका महानिर्देशक प्रकाश जोशीले जनताको समस्या समाधानका लागि भईसकेको पहलमा स्थानीय पालिका, सबै जनपतिनिधि र जनताले समेत साथ आवश्यक रहेको बताए ।
तत्कालिन समयमा सिमा विवादका कारण सम्पन्न हुन नसकेको काम अहिले आएर सबैको साझा प्रयासबाट नै सफल भएपछि जनप्रतिनिधि र स्थानीयले पनि खुसी प्रकट गरेका छन ।
विसं २०३२ देखि तत्कालीन भुम्लु र फलाँटे गाविस हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । नापी अनुसार हाल दुई वडाको ४ सय ५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानबिन गरी लालपूर्जा बनाउन बाँकी छ ।
तत्कालीन समयमा खेतीयोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि नापी नभएर लालपुर्जा वितरण हुन सकेको थिएन ।