काठमाडौ । श्रीलंकामा काभा महिला उन्नाइस बर्ष मुनि भलिबल आजवाट सुरु हुँदैछ ।नेपालले आफ्नो पहिलो खेलमा साँझ सवा पाँच बजे कीर्गिस्तानको सामना गर्नेछ । आजै आयोजक श्रीलंका र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चार टोलीको मात्र सहभागिता रहेको छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते हुनेछ ।