समाज

विवाद र झडपपछि राप्रपाको युवा संगठनको काठमाडौं अधिवेशन स्थगित

विवाद र झडपपछि राप्रपाको युवा संगठनको काठमाडौं अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएको छ । 

बुधबार काठमाडौंमा बोलाइएको अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरुबीच विवाद भएको हो ।

संस्थापन पक्षले एकलौटी ढंगले अधिवेशन अघि बढाएर नेतृत्व चयन गर्न लागेको भन्दै राणा निकट युवाहरुले विरोध जनाएका थिए । 

दुई पक्षबीच विवाद बढ्दै गएपछि स्थीतिलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र बसेर अनुशासनहिन कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिदै अधिवेशन स्थगितको घोषणा गरेका थिए । उनले कसैलाई प्रक्रियामा चित्त बुझेको छैन भने बन्द सत्रमा छलफल हुने आश्वासन दिँदा समेत असन्तुष्ट पक्षले नेतृत्वको विरोधमा नारा लगाएका थिए । 

अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गरेपनि असन्तुष्ट पक्षले भने नयाँ कार्यसमिति समेत घोषणा गरेको छ । असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *