समाज

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले २० जना सह सचिव र २४ जना उप सचिवको सरुवा गरेको छ । 

यसरी सरुवा हुनेहरुमा अधिकांश प्रमुख जिल्ला अधिकारीको जिम्मेबारीमा रहनेहरु रहेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छविलाल रिजालाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् । 

त्यस्तै, सहसचिवहरू तोयनारायण सुवेदीको पर्सा, सुमन घिमिरेको ललितपुर, नमराज घिमिरेको भक्तपुर र  प्रकाश पौडेलको बारामा सरुवा भएको छ ।  

दोलखामा भोला दाहाल, भोजपुरमा बाबुराम गौतम, सुंखुवासभामा सृजना थपलिया, पाल्पामा बिनु बज्राचार्य कुँवर, सिराहामा वसन्त अधिकारी, सप्तरीमा टुवराज पोखरेल, धनकुटामा शिवराज गेलाल, ओखलढुंगामा मेखबहादुर मंग्राती, दाङमा विश्वप्रकाश अर्याल धादिङमा विजयराज सुवेदीलाई खटाइएको छ ।  

उपसचिव सिडिओ हुने १२ जिल्लामा पनि हेरफेर गरिएको छ । बाजुरामा गणेश पौडेल, सोलुखुम्बुमा लीलाकुमार केसी, रसुवामा राजेश पन्थी, मनाङमा नवराज पौडेल, ताप्लेजुङमा शिवराज सेढाई, मुगुमा खडानन्द सुवेदी, रुकुम पूर्वमा सीता परियार, म्याग्दीमा बद्रीप्रसाद तिवारी, कालिकोटमा गोकर्णराज सुयल, रुकुम पश्चिममा दिनेकुमार थानी, डोल्पामा भीमराज कोइराला तथा हुम्लामा टेककुमार रेग्मीको सरुवा भएको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *