मुख्य समाचार

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

काठमाडौ । दोस्रो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्स स्पोट्स प्रा.लीले नयाँ जर्सी सार्वजनिक गरेको  छ । कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ  । जसले कर्णाली प्रदेशको भौगोलिक र साँस्कृतिक महत्व पनि राख्नेछ । कर्णाली याक्सले मंसिरमा हुने एनपिएलको सार्वजनिक गरेको नयाँ जर्सी चाँडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन् । आइपिएलको दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी पनि तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *