प्रदेश

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं ।  विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन्  ।

सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन्। 

अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *