समाज

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको नेपालस्थित प्रतिनिधि हाना सिंगर हमदीले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा नेपाली जनतालाई बधाई दिएकी छिन् । 

शुक्रबार एक सन्देश जारी गर्दै उनले प्रधानमन्त्री कार्कीलाई संवेदनशील समयमा पाएको जिम्मेवारी सफलतापूर्वक सम्हाल्न शुभकामना पनि दिएकी छन् । प्रतिनिधि हमदीले संयुक्त राष्ट्रसंघ नेपालका जनतासँग शान्ति, न्याय, पारदर्शिता, जबाफदेहीपन र प्रगतिको आकाङ्क्षामा सधैँ सँगै रहने बताएकी छन् । 

उनले  राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र जेनजि युवा नेताहरूको महत्वपूर्ण योगदानको पनि सराहना गरेका छिन् । संयुक्त राष्ट्रले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको मार्गमा सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ । 

त्यस्तै, बेलायतले पनि नेपालमा गत हप्ताको घटनाक्रमपछि कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्वपूर्ण कदम भएको बताएको छ ।

कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै नेपालस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैभन्दा पुरानो मित्रको रूपमा नेपालको आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जबाफदेहिता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *