Siddarth bankविज्ञापन
समाज

धनुषामा संचारकर्मीमाथि आक्रमण गर्ने वकिलविरुद्ध कारवाहीको माग

धनुषामा संचारकर्मीमाथि आक्रमण गर्ने वकिलविरुद्ध कारवाहीको माग

जनकपुर । धनुषामा संचारकर्मीहरुलाई आक्रमण गर्ने वकिलहरुमाथि कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । 

स्थानीय प्रशासनले कुटपिटमा संग्लन रहेका वकिलहरुलाई पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले स्थानीय प्रशासनले पत्रकारहरुलाई कुटपिट गर्नेहरुमाथि कारवाही गर्न चासो नदेखाएको कारणले गर्दा आफुहरु आन्दोलनमा उत्रिएको बताए । 

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना दिएका हुन् । गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए । 

सो क्रममा महासंघ प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए । घटनामा संलग्न पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि हालसम्म पक्राउ गरेका छैनन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *