समाज

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइयो

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइयो

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । 

बिहीबार अपराह्नदेखि रथ तान्न शुरु गरेर साँझ जावलाखेल पुर्‍याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । 

जावलाखेल पुर्‍याएसँगै अब आइतबार भोटो जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । 

मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी शुुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।

यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *