काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक सार्वजनिक कार्यक्रममा राख्नुभएको धारणालाई कांग्रेसले सामान्य रुपमा लिएको बताएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले यस्तो बताएका हुन् शनिवार गोदावरीमा नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए ।
सोही विषयमा सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ भन्दै जिज्ञासा राखेका थिए । जसमा कांग्रेसले प्रधानमन्त्रीले आफ्नो धारणा राखेका तर एमाले भन्ने ठाउँमा गणतन्त्रवादी जनता भन्ने शब्द राखेको भए हुने आफूहरुको भनाइ रहेको घिमिरेले बताए ।गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भनेको भए हुने प्रमुख सचेतक घिमिरेको भनाइ छ ।
घिमिरेले कर्मचारीमाथि छानविन हुँदा मन्त्रीले राजीनामा गर्न थाल्ने हो भने एउटा पनि मन्त्री बाँकी नरहने बताए ।