मुख्य समाचार

आफू प्रधानमन्त्री बन्नु देशको आवश्यकता भएको गगन थापाको दाबी, कांग्रेस संसदीय दलको नेता बदल्न लाग्ने भनाइ

आफू प्रधानमन्त्री बन्नु देशको आवश्यकता भएको गगन थापाको दाबी, कांग्रेस संसदीय दलको नेता बदल्न लाग्ने भनाइ

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताएका हुन् ।

उनले नेपालमा अहिले अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने पनि बताए । 

महामन्त्री थापाले सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले काँग्रेसले  यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न मिसन २०८० र २०८१ शुरु गर्न जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहे २०८४ मा कुनै पनि पार्टीसँग मिलेपनि काँग्रेसले निर्वाचन जित्न नसक्ने बताए ।

काँग्रेस सरकारमा भएकाले राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनैपनि नयाँ पार्टीसँग काँग्रेस डराउनु नपर्ने उनको भनाइ छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *