समाज

गृहमन्त्री लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुन्छः कांग्रेस सांसद शर्मा

गृहमन्त्री लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुन्छः कांग्रेस सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गरेका छन् ।

मङ्गलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसद्मै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताएका हुन् । उनले पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको जिकिर गरे । बजेट भाषणअघि  गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने समेत उनको भनाइ छ । 

राजनीतिमा नैतिकता प्रदर्शन गर्ने कुरा स्वयं नेतामा भर पर्ने भएको कारण अहिलेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नु नै नैतिकवान र बुद्धिमानी निर्णय हुने सांसद शर्माले दोहोर्‍याए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *