एजेन्सी । इजरायली सेनाले गाजा सिटीमाथि नियन्त्रण कायम गर्ने उद्देश्यसहित व्यापक स्थलगत आक्रमण अभियान शुुरु गरेको छ ।
आक्रमणपछि हजारौँ प्यालेस्टिनी परिवारहरू गाजा सिटी छोड्न बाध्य भएका छन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा सिटीमा शक्तिशाली अभियान शुुरु गरिएको र यसलाई हमासको अन्तिम प्रमुख गढको रूपमा परिभाषित गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्थानीयहरूलाई शहर छोड्न इजरायली सेनाले केवल अल–रशीद तटीय सडक प्रयोग गर्न अनुमति दिएको छ । सो सडकमा भारी जामका कारण गाडी र ट्रकहरूको लामो लाइन देखिएको छ ।
इजरायली सेनाले गाजा सिटीमाथि दुई वर्षयता भएको युद्धकै सबैभन्दा भीषण आक्रमण गरेको छ । संयुक्त राष्ट्र महासचिवले यस आक्रमणलाई ‘भयानक’ भनेका छन् । मंगलबार मात्रै सेनाको आक्रमणमा ९१ जना मारिएका छन भने १७ वटा आवासीय भवन ध्वस्त भएका छन् ।