मुख्य समाचार

गाजाको एक अस्पतालमा इजरायलको आक्रमण, २८ जनाको मृत्यु

गाजाको एक अस्पतालमा इजरायलको आक्रमण, २८ जनाको मृत्यु

एजेन्सी । खान युनिसस्थित एक युरोपेली अस्पतालमा भएको इजरायली हवाई आक्रमणमा २८ जनाको ज्यान गएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । 

इजरायली लडाकु विमानहरूले गाजास्थित उक्त अस्पतालमा एकैपटक छ वटा बम खसालेको बताइएको छ । ती बमहरू अस्पतालको आँगन र आसपासका क्षेत्रमा खसेका हुन । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले अस्पतालमुनि रहेको ‘हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ मा आतंककारीहरूलाई लक्षित गरी ‘सटीक हमला’ गरेको दाबी गरेको छ ।

उक्त आक्रमणमा गाजामा बीबीसीका लागि कार्यरत एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन् । उनको उपचारपछि अवस्था स्थिर रहेको समाचारमा उललेख छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *