एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम गर्ने सहमती भएको बताएका छन् ।
इरान र इजरायलबीच गत जुन १३ देखि जारी युद्धका क्रममा यी दुइ मुलुकबीच केही घण्टाका लागि युद्धबिराम गर्ने सहमती भएको ट्रम्पले जनाएका हुन् । तर, इरान र इजरायलले हालसम्म युद्धविराममा सहमति भएको औपचारिक पुष्टि भने गरेको छैन ।
कतारमा इरानले गरेको आक्रमणको केही घण्टापछी अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिंदै युद्धविरामका लागि सहमत भएको जनाएका हुन् । तर, इरानले भने ट्रम्पको युद्धविराम सम्बन्धी घोषणामा कुनै आधिकारिक पुष्टी नभएको प्रतिक्रिया दिएको छ भने इरानी सञ्चारमाध्यमहरूले यसलाई ट्रम्पको दावीू भनेर मात्र उल्लेख गरेका छन् ।
कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले युद्धविराम सुनिश्चित गर्न कतारले सहयोग गरेको भनिएतापनि इरान र इजरायलले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिकी मिडियासँग कुरा गर्ने अधिकारीहरूको भनाइ अनुसार कतारमा गरिएको इरानी मिसाइल आक्रमणबाट कुनै मानविय क्षति नभएको जनाउँँदैै इरानी आक्रमणलाई “एकदम कमजोर” भनि संज्ञा दिएका छन् ।
यता कतारले भने अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि लक्षित सबै मिसाइलहरू अवरोध गरिएकोबताउँदै आक्रमणलाई “खुला उल्लङ्घन” भनेको छ । यसैबीच, इजरायली सेनाले तेहरानका तीन क्षेत्र आज खाली गराउने आदेश जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।