समाज

देउवालाई १४ महिनापछि लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्छुः  ओली

देउवालाई १४ महिनापछि लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्छुः  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्  । 

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्  । प्रधानमन्त्री ओलीले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए ।

ओलीले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ कांग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्ने बताए ।  

प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *