मुख्य समाचार

सुन तस्करीबारे छानविन गर्न छानविन समिति गठन

सुन तस्करीबारे छानविन गर्न छानविन समिति गठन

भन्सार विभागले अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि छानबिन समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको हो । समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे अनुसन्धान गर्ने जिम्मेबारी पाएको छ । समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो । समितिले  विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्ने बताइएको छ । यसैविच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुनको जाँचपासमा संलग्न भन्सार कार्यालयका कर्मचारी निलम्बित भएका छन् । विभागले अनुसन्धानका लागि भन्दै उनीहरुलाई निलम्बन गरेको हो । विभागका अनुसार सुन मोरेर ल्याइएको मोटरसाइकलको स्पेयर पार्टस् ‘डिस्क ब्रेक सु’ जाँचपासमा संलग्न तथा त्यतिबेला ड्युटीमा रहेका र हस्ताक्षर गर्ने कर्मचारीलाई निलम्बन गरिएको हो । यसैविच त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले समाएको सुनको सुराकी दिनेले १० करोड रुपैयाँ पाउने भएका छन् । एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान अनुसार सुराकी दिनेले सो रकम पाउने देखिएको हो । पहिले सुराकी दिनेलाई १० लाख रुपैयाँ कमिसन दिने नियम थियो । तर चालु आर्थिक वर्षको बजेटबाट त्यो व्यवस्थालाई संशोधन गरेर पक्राउ परेको सामानको १० प्रतिशत पाउने व्यवस्था गरिएको छ । त्यसो हुँदा सुराकीले करिब १० करोड रुपैयाँ पाउने सम्भावना रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *