समाज

अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पती सम्पत्ति शुद्धीकरणको सघन अनुगमन सूचिमा

अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पती सम्पत्ति  शुद्धीकरणको सघन अनुगमन सूचिमा

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समयमै पर्याप्त कानूनी व्यवस्था गर्न नसक्दा र अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धीकरणको सघन अनुगमन सूचिमा परेको बताएका छन् । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले  परम्परागत खेती प्रणालीमा अपेक्षित सुधार हुन नसक्दा कृषि क्षेत्रको उत्पादकत्व न्युन रहेको बताए । युवामा खेती गर्ने आकर्षण बढ्न नसकेको,नवप्रवद्र्धन र प्रविधिकमो उपयोगको कमी, न्युन उत्पादकत्व र अधिक उत्पादन लागतले गर्दा कुल राष्ट्रिय आयमा उत्पादनमुलक क्षेत्रको योगदान अपेक्षा गरेअनुरुप हुन नसकेको मन्त्री पौडेलको भनाई छ ।समग्र मागमा आएको कमीले गर्दा उद्योग क्षेत्र पूर्ण क्षमता पौडेलले बताए ।

भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिविम्वित हुन नसक्दा उत्पादन वृद्धिमा वाञ्छित योगदान पुग्न नसकेको पनि मन्त्री पौडेलले बताए ।  अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको नकारात्मक असर कृषि, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा बढ्दै गइरहेको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *