समाज

जेठ १३ गते अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

जेठ १३ गते अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ । 

शुक्रवार काठमाडौंमा आयोजक एभरेस्ट एलायन्स नेपालले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने जानकारी दिएको हो । समिट जेठ १३ गते देखि काठमाडौंको सोल्टीमा हुनेछ । सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरुको विशेष जमघट रहने आयोजकले जनाएको छ ।

 पत्रकार सम्मेलनका क्रममा बोल्दै एभरेस्ट एलायन्स नेपालकी निर्देशक अजु सिटौलाले सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय लगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकरहरू, तथा पर्वतीय संस्कृक्तिलाई प्रतिनिधित्व गर्ने समुदायहरूलाई एउटै मञ्चमा ल्याइ दिगो पर्यटन प्रवद्र्धन, हिमाली वातावरणीय सरक्षण र स्थानीय समुदायको उत्थानवारे अन्तर्राष्ट्रिय सहकार्यका छलफल गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

हालसम्म १६ देशका १ सय ७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरूको सहभागिता सुनिश्चित भइसकेको उनको भनाई छ । 

सन् १९५३ मा एडमण्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई लाइफटाइम एचिभमेण्ट अवार्ड प्रदान गरी सम्मानित गरिने बताइन्।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *