मुख्य समाचार

आफ्नो गुनासो टिपाउन लघुबित्तका ऋणीहरुलाई राष्ट्र बैंकको आग्रह

आफ्नो गुनासो टिपाउन लघुबित्तका ऋणीहरुलाई राष्ट्र बैंकको आग्रह

लघुवित्तबाट ऋण लिएकाहरू आफू ’पीडित’ भएको बताउँदै आन्दोलनमा होमिएका बेला नेपाल राष्ट्र बैंकले आफ्नो गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले नियमबाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता जनाएको हो । लघुवित्तले केन्द्रीय बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत गुनासोबारे उजुरी गर्न भनेको हो । लघुवित्तबाट ऋण लिएकाहरुले केही दिनयता राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् । यसअघि लिएको ऋण मिनाहा गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्नेजस्ता माग राखेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *