समाज

सुनसरीमा १०८ शिव लिंग स्थापना गरिने

सुनसरीमा १०८ शिव लिंग स्थापना गरिने

सुनसरी । अध्यात्मका माध्यमबाट मानव जीवनलाई सहज र सरल वनाउने उद्देश्य बोकेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले सुनसरीको इटहरीमा १०८ शिव लिंग स्थापना गरेको छ ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको संकल्प र केन्द्रीय समितिको संरक्षकत्वमा इटहरी दुई आयुर्वेदिक टोलमा १०८ शिवलिंग स्थापना कार्य अघि बढाइएको हो । 

शिवलिंग राख्ने कार्यको शुभारम्भ गर्दै कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले आफुले सक्दो सहयोग गर्ने बताए । नेपाली ढुंगाको प्रयोग गरी शिवलिगं बनाएर दुई महिनामा प्राणप्रतिष्ठा गर्ने  लक्ष्य निर्माण समितिको छ । 
 
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिषरमा निर्माण हुने शिवलिगंले आध्यात्मिक जागरणका साथै यस क्षेत्रमा धार्मिक पर्यटकीय गतिविधि बढाउने विश्वास गरिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *