काठमाडौं । ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई आजपनि जारी राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिइएको जनाएका हुन् ।
ललितपुर र भक्तपुरले जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षाका लागि जारी भएको निषेधाज्ञा तथा फर्फ्युलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जिल्लाभर कर्फ्यु जारी गरिएको बताएका छन् ।
आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ देखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
