समाज

भोजपुरका स्थानीय बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै

भोजपुरका स्थानीय बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । 

ग्रामीण जीवनशैलीसँग गाँसिएको परम्परागत सीप अहिले गाउँको प्रमुख आम्दानीको स्रोत बन्दै गएको हो । हतुवागढी–५ र ६ को लङखा, विथारा, लुम्बुवा र सोयाका करिब ४ सय १५ परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । 

विशेष गरेर यहाँका स्थानीयले नाङ्लो साउन, देखि कात्तिक महिनासम्म सबैभन्दा बढी उत्पादन गर्ने गरेका छन् । नाङ्लो बिक्रीबाट वार्षिक दुई करोडभन्दा धेरै रकम गाउँमा भित्रिने गरेको छ । विशेष गरेर दशैं, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको छ । 

हतुवागढीमा उत्पादन भएको नाङ्लो बिक्रीका लागि भोजपुर सदरमुकामसँगै धरान विराटनगर इटहरीलगायत सहरमा जाने गरेको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरिएको छ । 

एउटा थान नाङ्लो औसतमा एक सय देखि  एक सय ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको स्थानीयले बताएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *