मुख्य समाचार

इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ कुमारी

इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ कुमारी

काठमाडौ। काठमाडौ इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ । नवघोषित कुमारी शाक्यलाई मंगलबार मध्यान्हको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो । विशेष बाजागाजासहित कुमारी घरमा विधिवत् रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइएको थियो । जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो । कुमारी छनोटका क्रममा गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँग सल्लाह तथा परामर्श गरिएको थियो । यसका लागि सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो । नयाँ कुमारीलाई आसन ग्रहण गराएसँगै यसअघिकी कुमारीको पनि विधिवत् रूपमा बिदाइ गरिएको छ । कुमारी परम्परा तत्कालीन राजा जयप्रकाश मल्लले स्थापना गरेको बताइन्छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *