समाज

भिजिट भिसा प्रकरणबारे झलनाथ– ‘एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन्’

भिजिट भिसा प्रकरणबारे झलनाथ– ‘एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताएका छन् । 

१८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुनु  । खनालले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताए । खनालले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोजिरहेको तर्क गरे । नेता खनालले देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले सङ्कटग्रस्त रहेको जिकिर गरे ।

खनालले मुलुकको राष्ट्रियतामाथि लगातार वाह्य हस्तक्षेपहरू भइरहेका धारणा राखे । सम्मानित नेता खनालले मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै शिक्षामा समेत अराजकता मौलाएको भन्दै  २०२८ सालको शिक्षा ऐन अहिलेसम्म चलिरहेको बताउँदै नयाँ ऐन आउन नसकेको उल्लेख गरे ।  सत्तामा रहेकाहरूबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गर्दै आम जनतामा निराशा बढेको समेत खनालको भनाई छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *