जनकपुर । हिन्दु धर्मावलम्बीहरूको पर्व वडा दशैंको जनकपुरधामको विभिन्न शक्तिपिठहरुलाई सजाउने काम अन्तिम चरणमा पुगेको छ ।
जनकपुरका प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, अमरखाना मन्दिर, सोनासती माई, र पिडरिया माई मन्दिर सहित विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोक आयोजना हुने दुर्गापूजा स्थल सरससावटको काम भईरहेको छ ।
राजदेवी मन्दिरको सजावटदेखि पूजा तथा त्यसको व्यवस्थापनका लागि यस वर्ष तीसदेखि चालिस लाखसम्म खर्च हुने अनुमान रहेको छ ।
स्थानिय युवाहरुको सक्रियतामा जनकपुरधाम सजाउने गरिन्छ । अधिकांश युवा कमिटीहरुले स्थानिय स्तरमा चन्दा संकलन गरेर मन्दिरलाई सजाउने र पुजा भव्य रुपमा गर्दै आएका छन् ।