Siddarth bankविज्ञापन
समाज

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौं आइपुगेका छन् । 

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा सचिव मिस्री आज काठमाडौं आइपुगेका हुन् । भारतीय वायुसेनाको विमानबाट मिश्री त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।

काठमाडौंमा मिश्रीले शुरुमा समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री के.पी. शर्मा ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । 

मिश्रीको यो भ्रमणलाई प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ, जसले दुई देशबीचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *