समाज

भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै

भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज (आइतबार) नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । 

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिश्री आज काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो । 

यो भ्रमणलाई प्रधानमन्त्री के.पी. शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ, जसले दुई देशबीचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ । 

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले प्रधनमन्त्री ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री भदौ ३१ भारत जाने तयारी छ । भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।

विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुनेछ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *