मुख्य समाचार

भारतीय अभिनेत्री शेफाली जरीवालाको निधन

भारतीय अभिनेत्री शेफाली जरीवालाको निधन

एजेन्सी । भारतीय अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । 

जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको हो । शुक्रबार राति उनलाई हृदयाघात भएको थियो, जसका कारण उनको मृत्यु भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार जरीवालाको स्वास्थ्यमा असहज भएपछि उनका पति, अभिनेता पराग त्यागीले अस्पताल पुर्‍याए, जहाँ उनलाई मृत घोषित गरियो ।

उनको शवलाई पोस्टमार्टमको लागि कूपर अस्पताल लगिएको थियो । यसैबीच, मुम्बई प्रहरी अनुसन्धानको लागि जरीवालाको अंधेरीस्थित घरमा पुगेको थियो । उनको मृत्युको परिस्थितिको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन । 

सन् २००२ मा रिलिज भएको गीत ‘काँटा लगा’ म्युजिक भिडियोबाट उनी प्रसिद्धीको शिखरमा पुगिन । त्यसपछि उनी सलमान खानको फिल्म ‘मुझसे शादी करोगी’मा देखा परिन् र सन् २०१९ को वेब सिरिज ‘बेबी कम ना’मा अभिनय गरिन् । उनले ‘बुगी वूगी’ र ‘नच बलिए’जस्ता लोकप्रिय डान्स रियालिटी शोहरूमा पनि भाग लिइन् ।

जरीवालाले सन् २०१९ मा बिग बोस १३ मा वाइल्ड कार्ड एन्ट्री लिएकी थिइन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *