नेपालमा पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर भारत सरकारले नेपालसँगका सीमानाकामा कडाइ गरेको छ ।
खुला सिमानाका कारण भारतमा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै केन्द्रीय गृह मन्त्रालयको निर्देशनमा भारतीय सुरक्षा बल (एसएसबी) ले सीमामा नेपालीको आवागमनमा कडिकडाउ गरेको हो ।
नेपालका मधेश तथा कोशी प्रदेशसँग जोडिएका भारतीय जिल्ला अररिया, किशनगञ्ज, पूर्णिया, सुपौल, मधुबनी र बेतियातर्फका नाकामा नेपालीहरूको आवागमन रोकिएको भारतीय पक्षले जनाएको छ ।