Siddarth bankविज्ञापन
मुख्य समाचार

भारत पाकिस्तान तनावले स्थगित भएको इण्डियन प्रिमियर लिग मे १७ बाट पुनः सुचारु

भारत पाकिस्तान तनावले स्थगित भएको इण्डियन प्रिमियर लिग मे १७ बाट पुनः सुचारु

काठमाडौं । भारत पाकिस्तान तनावले  स्थगित भएको इण्डियन प्रिमियर लिग आइपिएल पुनः सुचारु हुने भएको छ ।

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरूको तालिका घोषणा गरेको हो । आईपीएल मे १७ बाट फेरि शुरु हुने भएको छ । सबै खेलहरू छ वटा मैदानमा खेलाइनेछन् । फाइनल खेल जुन ३ मा खेलिनेछ ।

भारत र पाकिस्तानबीचको तनावका बीच बीसीसीआईले आईपीएल एक हप्ताको लागि स्थगित गरेको थियो । १८औं सिजनका ५८ खेल खेलिएका थिए, जसमा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल अनिर्णीत भएर रोकिएको थियो । तर, अब बीसीसीआईले यो खेल फेरि आयोजना गर्ने निर्णय गरेको  छ । 

दुवै टोली मे २४ मा जयपुरमा भिड्नेछन् । बोर्डले आईपीएल २०२५ सिजनका बाँकी १७ खेलहरूको तालिका घोषणा गरेको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद सहित छ वटा मैदानमा खेलाइनेछ । 

प्लेअफका खेलहरू मे २९ बाट शुुरु हुनेछन् । पहिलो छनोट खेल मे २९ मा हुनेछ । एलिमिनेटर मे ३० मा खेलाइनेछ । दोस्रो छनोट खेल जुन १ मा खेलाइनेछ भने फाइनल खेल जुन ३ मा हुनेछ । यी चार खेलको स्थान पछि घोषणा गरिने बताइएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *