मुख्य समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ।

नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

मंगलबारबाट लागू हुने गरी निगमले मूल्य वृद्धि गरिएको जनाएको छ । भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ।

त्यस्तै, आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *