कृषि

अलैँचीको मूल्यमा वृद्धि

अलैँचीको मूल्यमा वृद्धि

काठमाडौ । पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ४० किलो एक लाख रुपैयाँ नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन आइतबार एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको हो ।  शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन दुई हजारले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । आइतबार फेरि प्रतिमन चार हजारका दरले वृद्धि भई एक लाख दुई हजार रुपैयाँ पुगेको हो । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजार रुपैयाँमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा १५–१७ हजार रुपैयाँले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि ८० हजार रुपैयाँ प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *