समाज

मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि

मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि

काठमाडौं । सरकारले मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि गरेको छ ।
भन्सार महसुलका केही दरमा समायोजन गरेको आगामी आर्थिक वर्षको बजेट विनियोजनका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । पौडेलले विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको बताए । 

पौडेलले स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको जानकारी दिए । विद्युतीय विजक प्रणालीमा करदाताको आवद्धता बढाउँदै केन्द्रीय विजक अनुगमन प्रणालीको दायरा फराकिलो बनाईने बताए । मन्त्री पौडेलले करदाता शिक्षा र कानूनको परिपालनाको माध्यमबाट स्वेच्छिक कर सहभागिता अभिवृद्धि गरिने बताए ।

 सबै किसिमका डिजिटल कारोवारलाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार गरेको पनि जानकारी पौडेलले दिए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *