मुख्य समाचार

ललिता निवासमा नाम जोडिएकोमा माधव नेपालको असन्तुष्टि

ललिता निवासमा नाम जोडिएकोमा माधव नेपालको असन्तुष्टि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा बनाएको बताएका छन । आज तानसेनमा पत्रकारसँग कुरा गर्दै उनले मोर्चा गठनपछि सत्तन गठबन्धन थप मजबुत भएर अघि बढ्ने बताए । अध्यक्ष नेपालले सरकार र पार्टीहरूलाई फाइदा गर्ने गरी गठन भएको मोर्चाका सत्ता साझेदार कांग्रेसको पनि समर्थन रहेको दाबी गरे ।
अध्यक्ष नेपालले काङ्ग्रेस, माओवादी, समाजवादी र अन्य दलहरू मिलेर सरकारको स्थायित्वको बारेमा छलफल गरेर एकमतमा साथ अघि बढ्ने समेत उल्लेख गरे । ललिता निवासमा आफ्नो नाम जोडिनु स्वभाविक भएको बताउँदै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा सरकारी जग्गा हो वा होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्न निर्णय गरेको दाबी गरे । कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउन नमिल्ने उनको भनाइ छ । अध्यक्ष नेपालले नेपाल ट्रष्टका जग्गादेखि सरकारी जग्गाको समेत छानविन गरेर भ्रष्टाचारीलाई सरकारले कारबाही गर्छ भन्ने आशा जनतामा संचार गर्नुपर्ने पनि बताए । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *