समाज

नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै नेपालको सहमति बिना प्रयोग गर्ने प्रयत्न अस्वीकार्य भएको बताएका हुन् । 

उनले यस विषयमा नेपालले कुटनीतिक पहल गरिरहेको र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा छलफल हुने बताए । उनले सीमा विवाद समाधानका लागि वार्ता गर्न नेपाल र भारत दुवै देश तयार हुनुपर्ने स्पष्ट पारे । महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिक दलभन्दा माथि रहेर सम्माननीय भइरहन आग्रह समेत गरे । 

महासचिव पोखरेलले सम्माननीय पदमा बसेको व्यक्ति राजनीतिमा फर्कन नहुने भन्दै पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउन नेकपा माओवादी केन्द्रलाई आग्रह समेत गरे ।

महासचिव पोखरेलले वर्तमान एमाले–कांग्रेसको गठबन्धन सरकार सहमति अनुरुप नै अगाडि बढिरहेकाले सरकार ढल्छ भन्ने हल्लाको पछि नलाग्न आग्ह समेत गरे ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *