समाज

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो । 

सोमबार प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज १३ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ  । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *