मुख्य समाचार

समयमा वर्षा नहुदाँ मधेशमा ९०.४८ प्रतिशत खेत अझै बाँझो

समयमा वर्षा नहुदाँ मधेशमा ९०.४८ प्रतिशत खेत अझै बाँझो

अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा यो वर्ष समयमा रोपाइँ हुन सकेको छैन । असारको तेस्रो साता बित्नै लाग्दा अहिलेसम्म मधेशमा करिब ९.५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९०.४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेश प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । समयमा वर्षा नहुनु, ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलो गरी धान रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारण अन्नको भण्डार मानिएको मधेश प्रदेशमा यस वर्ष निरासाजनक रूपमा धान रोपाइँ भएको हो ।  अहिलेसम्म मधेश प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५÷१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच–पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ ।  समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेका छन । सप्तरी र सिरहामा १५÷१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा छ प्रतिशत र धनुषा र बारामा ६०÷६० प्रतिशत, सिरहा र सर्लाहीमा ५५–५५ प्रतिशत, रौतटहमा ५० प्रतिशत मात्र रोपाइँ भएको छ । यस्तै महोत्तरीमा ४५ प्रतिशत र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मधेश प्रदेशका जिल्लामा बर्सेनी भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *