काठमाडौं । कर्णाली प्रदेश सरकारले संविधान दिवस मनाएको छ ।
कर्णाली प्रदेश सरकारले शुक्रबार वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो ।
वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरी गरिएको थियो ।
साथै, प्रदेश रङ्गशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो ।