मुख्य समाचार

नोभाक जोकोभिच विम्बल्डन टेनिसको दोस्रो चरणमा

नोभाक जोकोभिच विम्बल्डन टेनिसको दोस्रो चरणमा

नोभाक जोकोभिच ग्रान्डस्लाम टेनिसको ३ सय ५०औं खेल जित्ने तेस्रो खेलाडी भएका छन् । उनले गएराति भएको विम्बल्डन टेनिसको खेलमा जोर्डन थोम्सनलाई हराउदै यस्तो कीर्तिमान बनाएका हुन । डिफेन्डिङ च्याम्पियन जोकोभिचले गैरवरीयताप्राप्त थोम्सनलाई ६–३, ७–६ र ७–५ ले पराजित गरेका हुन । ग्रान्डस्लाम टेनिसमा रोजर फेडेररले ३ सय ६९ र सेरेना विलियम्सले ३ सय ६५ खेल जितेका छन । सर्बियाली ३६ वर्षीय जोकोभिच कीर्तिमान आठौं पल्ट ग्रान्ड स्लाम जित्ने लक्ष्यमा छन । उपाधि जित्न सके उनले फेडेररको कीर्तिमानसँग बराबरी गर्नेछन् । उनी कीर्तिमान २४ औं ग्रान्डस्लाम उपाधि जित्ने प्रयासमा छन । पुरुषतर्फकै अर्को खेलमा अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को कठिन सेटमा हराउँदै ग्रिसका स्टेफानोस सित्सीपास तथा बेलायतका अर्थर फेरीलाई ३–० को सेटमा हराउँदै रुसका डेनियल मेदभेदेब पनि तेस्रो चरणमा पुगेका छन् । त्यस्तै शीर्ष वरीयताकी इगा स्वाटेक विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेकी छिन । युएस ओपन तथा फ्रेन्च ओपन जितेकी स्वाटेकले स्पेनकी सारा सोरिवेस टोर्मोलाई ६–२, ६–० ले पराजित गरेकी हुन । क्रोएसियाकी २० औं वरतिाकी डोना भेकिकले चीनकी झाङ सुआईलाई ६–२, ६–३ ले हराएर दोस्रो चरण तय गरिनरु। आठौं वरीयताकी जर्मनीकी मारिया साकिरी युक्रेनकी मार्टा कोस्टयुकसँग ०–६, ७–५, ६–२ को प्रतिस्पर्धात्मक खेलमा पराजित भइन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *